कोलेस्ट्रोल प्रोफाइल (जांच र अनुसन्धानहरु)

कोलेस्ट्रोल प्रोफाइल (जांच र अनुसन्धानहरु)

,
Cholesterol profile check up in Nepalgunj

कोलेस्ट्रोल यस्तो तत्व हो जो तपाईंको शरीरको सञ्चालन निम्ति जरुरी हुन्छ। यो हाम्रो कलेजोमा बन्दछ र जनावरहरूबाट प्राप्त हुने खाद्य पदार्थहरू जस्तै मासु, अण्डा, दुग्ध उत्पादन र बोसोमा पाइन्छ। यदि तपाईंको रगतमा कोलेस्ट्रोल अत्यधिक मात्रामा छ भने त्यसले तपाईंको शरीरलाई हानि पुर्याउन सक्छ।यसले मुटु रोगको जोखिम पनि बढाउन सक्छ। कोलेस्ट्रोलको स्वस्थ स्तर 200 भन्दा कम्ती हुन्छ। यदि तपाईंको जम्मा कोलेस्ट्रोल 200 भन्दा माथि छ भने, तपाईंको डाक्टरले तपाईंको HDL, LDL र ट्राइग्लिसराइडको जाँच गर्नेछन्। तपाईंको रगतमा उच्च कोलेस्ट्रोलको जोखिम हुन्छ यदिः

  • तपाईंको शरीरले अत्यधिक कोलेस्ट्रेल बनाउँछ 
  • तपाईंले अत्यधिक चिल्लो र कोलेस्ट्रेलयुक्त खाना खानुहुन्छ
  • तपाईंलाई मधुमेह, हाइपोथाइरोइडिज्म भनिने निम्न थाइरोइड स्तर, वा मिर्गौलाको बिमारी छ

Types of Cholesterol, Cholesterol profile test in Nepalgunj

तपाईको रगतमा कोलेस्ट्रोलका 3 मुख्य प्रकारहरू हुन्छन्:

  • हाई डेन्सिटी लिपोप्रोटिन्स (HDL):यो “राम्रो” कोलेस्ट्रोलले तपाईंको रगतमा रहेको अतिरिक्त कोलेस्ट्रोललाई फर्काएर तपाईंको कलेजोमा पुऱ्याउँछ अनि तपाईंको शरीर त्यसबाट मुक्त हुन सक्छ। यसको स्वस्थ स्तर 40-60 हुन्छ। तपाईंको स्तर 40 भन्दा कम्ती छ भने उपचारको बारेमा आफ्ना डाक्टरसँग सल्लाह गर्नुहोस्।
  • लो डेन्सिटी लिपोप्रोटिन्स (LDL):तपाईंको रगतमा यो “नराम्रो” कोलेस्ट्रोल तपाईंको रक्त वाहिनी नसाहरूमा जम्मा हुन्छ। यसले तपाईंका रक्त वाहिनी नसाहरूलाई सांघुरो बनाउन सक्छ जसबाट रगतको सहज प्रवाह गाह्रो हुन्छ। यसको स्वस्थ स्तर 100 भन्दा कम्ती हुन्छ। यदि तपाईंलाई हालैमा मुटुसम्बन्धी कुनै समस्या भएको थियो भने तपाईंका डाक्टरले तपाईंको LDL 70 भन्दा कम्ती होस् भनी चाहनेछन्। तपाईंको स्तर 130 र त्यसमाथि छ भने उपचार बारे आफ्ना डाक्टरसँग सल्लाह गर्नुहोस्।
  • ट्राइग्लिसराइड (TG):अत्यधिक कार्बोहाइड्रेट्स खानाले तपाईंको ट्राइग्लिसराइड बढ्न सक्छ। उच्च ट्राइग्लिसराइड स्तर मुटुको रोग, हृदयाघात र मधुमेहसित जोडिएको छ। यसको स्वस्थ स्तर 150 भन्दा कम्ती हुन्छ। तपाईंको स्तर 200 र त्यसमाथि छ भने उपचार बारे आफ्ना डाक्टरसँग सल्लाह गर्नुहोस्।

रगतमा कोलेस्ट्रोल रट्राइग्लिसराइड बडी हुनुको एउटा कारण आनुवंशिक पनि हुनसक्छ।  

तपाईंको रक्त कोलेस्ट्रोल स्तर कम गर्नका लागि उपायहरू :

  • आफ्नो डाक्टरलाई नियमित रूपमा भेट्नुहोस् र आफ्नो कोलेस्ट्रोल नियमित रूपमा जँचाउनुहोस्
  • आहार र व्यायाम योजनाबारे आफ्नो डाक्टर, नर्स वा आहार विशेषज्ञसँग कुरा गर्नुहोस्।
  • आहार र व्यायाम पर्याप्त हुँदैन भने औषधीको आवश्यकता पर्न सक्छ।
  • उच्च फाइबरयुक्त भोजन, जस्तै खस्रा अन्न, गेडागुडी, र ताजा फल एवम् सब्जीहरू पर्याप्त मात्रामा खानुहोस्।
  • अत्यधिक मात्रामा कोलेस्ट्रोल र बोसोयुक्त खाद्य पदार्थहरू जस्तै बीफ, सुंगुरको मासु, चीज, तरयुक्त दूध वा बोसोको सेवन सीमित गर्नुहोस्।
  • कम्ती बोसोयुक्त खाद्य पदार्थहरू जस्तै छाला तारिएको चिकन ब्रेस्ट, माछा वा तर तारिएको दूध बढी खानुहोस्। 
  • उच्च मात्रामा मोनो-सेचुरेटेड बोसोयुक्त खाद्य पदार्थहरू जस्तै जैतुन, कनोला वा बदामको तेल प्रयोग गर्नुहोस्।
  • खानाहरू घिउ-तेलमा तार्नुको सट्टा उसिनेर, उमालेर, ग्रिल गरेर वा रापमा पकाएर खानुहोस्।

कोलेस्ट्रोल प्रोफाइल जांच गराउदा मुख्यत गर्नु पर्ने परिक्षणहरु-

  • Total Cholesterol
  • Triglyceride
  • HDL Cholesterol
  • LDL Cholesterol
  • VLDL Cholesterol

Click Here to follow us on Facebook for more information and tips.

Latest Post
पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स Infertility in male and female

पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स

मलमपट्टी क्लिनिक्समा, हामी बुझ्दछौं कि बाँझोपनले तपाईंको परिवार बनाउन चाहने सपनामा कति ठूलो प्रभाव पार्न सक्छ। यदि तपाईं धेरै समयदेखि…

के तपाईले PCOS भए पनि गर्भधारण गर्न सक्नुहुन्छ? Pregnancy with PCOS

के तपाईले PCOS भए पनि गर्भधारण गर्न सक्नुहुन्छ?

पोलीसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) महिलाहरूको प्रजनन उमेरमा देखिने एक हर्मोनल समस्या हो। PCOS हुनुका कारण गर्भधारण गर्न गाह्रो हुन सक्छ,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?