मृगौला फंशन टेस्ट

मृगौला फंशन टेस्ट

,
Kidney Function test

प्रतेक व्यक्तिको शरीरमा दुईवटा मृगौला हुन्छन। साना भए तापनि तपाईको मृगौलाले शरीर सन्तुलनमा  राख्ने जस्ता धेरै जटिल र महत्वपुर्ण काम गर्छन।  यिनीहरूले तपाईंको शरीरमा रगतबाट विकारहरू र अतिरिक्त तरल पदार्थहटाउँछन्। यी विकार र अतिरिक्त तरल पदार्थ पिसाब मार्फत्त तपाईको शरीरबाट हटाइन्छ। उदाहरणका लागि, मृगौलाहरूले गर्ने कार्य यस प्रकारका  छन् –

  • रगत शुद्धिकरणले केही यौगिक पदार्थ राखी बाँकीलाई हटाउछ
  • शरीरमा नयाँरातो रक्तकोशिकाहरू बनाउने हर्मोनलाई नियन्त्रण गर्छ
  • रक्तचाप नियन्तत्रणमा राख्न मद्दत गर्ने हार्मोनहरू रिलीज गर्छ
  • शरीरमा हुने निश्चित पोषक तत्त्वहरु जस्तै क्याल्सियम  र पोटासियमको मात्रा नियन्त्रण गर्न  मद्दत गर्छ

मृगौलाले प्रतेक २४ घण्टामा करिब १८० लिटर तरल पदार्थ फिल्टर गरी रक्तप्रवाहका लागि पठाउने काम गर्छ। त्यसबाट लगभग १.५ लिटर पिसाबका रूपमा शरीरबाट निकालिन्छ, त्यसैगरी बाँकी, लगभग  ७८.५ लिटर, शरीरमा राखिन्छ । हामीले फाल्ने पिसाब लगभग १ देखि ८ घण्टासम्म मूत्रथैलीमा जम्मा भएको हुन्छ।

Kidney function test

मृगौला फेल दुइ प्रकारले हुनसक्छ- एक्युट र क्रोनिक

एक्युट मृगौला फेल

एक्युट मृगौला फेल भनेको मृगौलाको कार्यमा अचानक कमी आउनुहो जुन घण्टा वा दिनभित्र हुन्छ। कारणहरूमा निम्नहरू हुनसक्छन्-

  • गम्भीर संक्रमण 
  • गम्भीररूपले जल्नु 
  • मृगौलामा चोट वा रगत प्रवाहमा अवरोध 
  • केही औषधिहरू, र रक्सी वा लागूपदार्थ दुरुपयोग 
  • न्यून रक्तचाप 
  • पिसाब नलीमा अवरोध 
  • हृदयघात 

समस्याको कारण पत्ता लगाएर उपचार गर्दामृगौला प्रायः राम्रो हुन सक्छ। मृगौलालेपुनः काम नगरुन्जेल शरीरबाट फोहोर हटाउन मद्दत गर्न डायलासिस गर्नुपर्ने हुनसक्छ।

क्रोनिक मृगौला फेल

मृगौलाले बिस्तारै काम गर्नछोड्दा क्रोनिक मृगौला फेल हुन्छ। यो जीवनभर निको नहुनेरोग हो। मृगौला फेल हुनुका कारण निम्नहरू हुनसक्छन्-

  • मधुमेह, उच्च रक्तचाप, हृदयरोग जस्ता रोगहरू 
  • मृगौलाको पत्थरी 
  • पिसाब नलीमा अवरोध वा समस्या 
  • लुपस, एक स्व-प्रतिरक्षित रोग 
  •  स्क्लेरोडर्मा, एक छाला तथा संयोजक तन्तुविकार 
  •  पुरानो संक्रमण, जुन संक्रमण रहिरहन्छ वा बल्झिरहन्छ 
  • अन्य रोगहरूको लागि लामो समयसम्म खाइने औषधिहरू, र रक्सी वा लागूपदार्थको दुरुपयोग

क्रोनिक मृगौला फेल भएका लक्षण निम्नहरू हुनसक्छन्ः

  • शरीरका विभिन्न भाग सुन्निने, जस्तैहात, अनुहार, खुट्टा र/वा पैताला 
  • तपाईंलेफेर्नुपर्ने पिसाबको पटकमा परिवर्तन 
  • धेरैथकान वा कमजोरी महसुस 
  • टाउको दुखाइ र भ्रम 
  • वाकवाकी लाग्ने वा वान्ता हुने 
  • खानामा रूचि नहुनु 
  • सास फेर्नमा कठिनाइ 
  • छाला चिलाउने

मृगौला फंशन टेस्ट गराउदा मुख्यतः गर्नु पर्ने परिक्षणहरु

  • Urea (युरिया)/Blood Urea Nitrogen (BUN)
  • Creatinine
  • Electrolytes- Sodium (सोडियम), Potassium (पोटासियम), Chloride (क्लोराइड)

Click Here to follow us on Facebook for more information and tips.

Latest Post
पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स Infertility in male and female

पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स

मलमपट्टी क्लिनिक्समा, हामी बुझ्दछौं कि बाँझोपनले तपाईंको परिवार बनाउन चाहने सपनामा कति ठूलो प्रभाव पार्न सक्छ। यदि तपाईं धेरै समयदेखि…

के तपाईले PCOS भए पनि गर्भधारण गर्न सक्नुहुन्छ? Pregnancy with PCOS

के तपाईले PCOS भए पनि गर्भधारण गर्न सक्नुहुन्छ?

पोलीसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) महिलाहरूको प्रजनन उमेरमा देखिने एक हर्मोनल समस्या हो। PCOS हुनुका कारण गर्भधारण गर्न गाह्रो हुन सक्छ,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?