नेपालमा महिलाहरूमा पाइने नं.१ क्यान्सर पाठेघरको मुखको क्यान्सर, भनेको के हो र यसको जाँच कहिले गर्ने?

नेपालमा महिलाहरूमा पाइने नं.१ क्यान्सर पाठेघरको मुखको क्यान्सर, भनेको के हो र यसको जाँच कहिले गर्ने?

Cervical cancer awareness

पाठेघरमा सामान्य दुइटा नली, दुइटा ओभरि र पाठेघरको मुख हुन्छ। योनि बाट जाने पहिलो भाग भनेको पाठेघरको मुख हो। पाठेघरको मुखको क्यान्सरको बारेमा किन बुझ्न जरुरी छ भन्दा खेरि, यो नेपालमा महिलाहरुमा पाइने नम्बर १ क्यान्सर हो।

पाठेघरको मुखको क्यान्सर कसलाई हुन्छ त ?

यो क्यान्सर कुनै पनि उमेर समूहको महिलालाई देखिन सक्छ। तर, बिशेष गरि मदिरापान धुम्रपान गर्ने महिलाहरु, रोगसँग लड्ने क्षमता कम भएका महिलाहरु, विभिन्न स्टेरोइडहरु सेवन गर्ने महिलाहरु, सानै उमेरमा धेरै बच्चाहरु पाउनु भएका महिलाहरु, दुइ अथवा तीन बच्चाहरु बीच को ग्याप कम भएका महिलाहरु वा जो महिलाको एक भन्दा धेरै यौन साथीहरु हुनुहुन्छ यस्ता महिलाहरुलाई चाई यो क्यान्सर हुन सक्ने सम्भावना धेरै हुन्छ।

यसको लक्षणहरु के हुन त?

  • महिनावारी बन्द भए पछि रगत जाने,
  • फोहोर पानी धेरै जाने,
  • तल्लो पेट दुख्ने,
  • महिनावारी को बीच-बीच मा रगत बग्ने,
  • यौन सम्पर्क पछि रगत जाने

तर, यो क्यान्सर हुँदा लक्षण नदेखिन पनि सक्छ। त्यसैले हामीले बेला-बेलामा चेक जाँच गराई राख्नु पर्छ।

पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने त?

यो क्यान्सर लाग्नु भन्दा पहिले नै थाहा पाउन सकिन्छ। नियमित रुपमा पाठेघरको मुखको चेक जाँच गराउदा पाठेघरको मुखमा घाउ छ कि छैन पत्ता लगाउन सक्छौ। चेक गराएर यो रोग थाहा पाउन सकिन्छ र बेलैमा उपचार गर्न सकिन्छ र पूर्णतया यसलाई सन्चो बनाउन सकिन्छ।

पाठेघरको मुखको क्यान्सरको जाँच कति थरी को हुन्छन र कति पैसा लाग्छ?

यो जाँच तीन थरी को हुन्छन्, ती हुन् :

  • VIA – एसीडबाट गरिने जाँच
  • प्याप स्मिएर (PAP Smear)
  • DNA बाट गरिने जाँच

नेपाल सरकार को संस्थाहरुमा VIA जाँच नि:शुल्क हुन्छ भने प्याप स्मिएर (PAP Smear) र DNA बाट गरिने जाँच चाई सुबिधा हेरेर केहि पैसा लाग्न सक्छ।

cervical cancer
जाँच कहिले-कहिले गर्ने त ?

३० वर्ष उमेर कटेको महिलाहरूले हरेक ३ देखि ५ वर्षमा यो जाँच गराउनु पर्छ, जसले गर्दा समयमै घाउ हुनु भन्दा अगाडी थाहा पाउन सकिन्छ र उपचार गर्न सकिन्छ। त्यसैले हामीले बेला मौकामा चेक जाँच गराई राख्नु पर्दछ।

अन्त्यमा धेरै सोधिने प्रश्न, यो रोगको विरुद्धको भ्याक्सिन आइरहेको छ त्यो लगाउँदा कस्तो हुन्छ?

यो भ्याक्सिन चाई किशोरी अवस्थामा अर्थात् १३ देखि १६ वर्ष सम्म को उमेरमा लगाउँदा धेरै नै फाइदाजनक हुन्छ। यदी तपाई उच्च जोखिम समूहमा हुनुहुन्छ भने पनि यो भ्याक्सिन लगाउन सकिन्छ। तर तपाईंले यो भ्याक्सिन जति पछिको उमेरमा लगाउनु हुन्छ त्यति यसको काम गर्ने क्षमता घट्दै जान्छ।

तसर्थ, यो पाठेघरको मुखको जाँच बेला बखतमा गराई राख्न र आफूलाई पाठेघरको मुखको क्यान्सर को जोखिम बाट बचाउन अनुरोध गर्दछौ।

यस्तै अरु स्वास्थ्य सम्बन्धि जानकारीको लागि हामीलाई हाम्रो फेसबुक पेजमा फलो गर्नुहोस।

Latest Post
थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ blank

थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण

लायन्स क्लब अफ नेपालगञ्ज थोपा र लायन्स क्लब अफ नेपालगञ्ज PNLF ले थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?