ढल्किदो उमेरसंगै घट्दै भिटामिन डि

ढल्किदो उमेरसंगै घट्दै भिटामिन डि

blank

१५ देखि १८ सेप्टेम्बर २०२१ इटालीमा भएको पाँचाै अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य समयमै भिटामिन डि को कमिका कारणहरू पत्ता लगाउनु र यो संग सम्बन्धित विवादास्पत विषयहरूको विश्लेषण गर्नु थियो ।  अन्ततः यो सम्मेलनको उद्देश्य भिटामिन डिको मात्राले कोभिड -19  विरूद्दको खोपलाइ कसरी प्रभावित गर्छ भन्ने हेर्नु पर्ने थियो । 

blank

यस सम्मेलनमा भिटामिन डि संग सम्बन्धित छलफल भएका विषयवस्तु निम्न प्रकारका छन्

  • उमेर अनुसार भिटामिन डि को उत्पादन र यसको मात्रा छालामा रहेको भिटामिन डि बनाउने कोलेष्ट्रोलको मात्रा २० वर्ष देखि ८० वर्ष सम्म पुग्दा ५०% भन्दा बढी घटेको पाइएको छ । साथै हरेक दशक वित्दै जाँदा रगतमा भिटामिन डि को मात्रा १३% ले घट्दो क्रममा रहेको छ । यि सबै कारणहरू हुदा हुदै पनि छालामा भिटािमन डि बनाउने कोलेष्ट्रोलको मात्रा यदि पर्याप्त छभने दैनिक १५ मिनेट सुर्यको किरणमा बस्दा पनि शरिरले पर्याप्त मात्रामा भिटामिन डि को उत्पादन गर्न सक्छ । कोठाभित्रै बसेर काम गर्ने मान्छेहरूमा र जहाँ सुर्यको किरण पर्याप्त मात्रामा पुग्दैन त्यस्ता ठाँउमा बस्ने मान्छेहरूलाइ भिटामिन डि को औषधी खानु पर्ने आवश्यकता हुन्छ ।
  • बृद्दावस्थामा भिटामिन डि को कमिका कारण हाडजत्रर्नीमा पर्ने असरहरू भिटामिन डि को कमि भएमा हाम्रो शरिरले क्याल्सियम सोस्न सक्दैन र यस कारण हाम्रो शरिरको हड्डी बलियत्र हुन पाउदैन । साथै हाम्रो हाडजोर्नी कमजोर भएमा फ्याक्चर हुने संभावना पनि बढ्न जान्छ । भिटामिन डि को मात्रा ५० nmol/L भन्दा तल भएमा हाम्रो शरिरले पाराथाइराइड हर्मोन उत्पादन गर्छ जसले हड्डीमा रहेको क्याल्सियमलाइ निकालेर हाडजोर्नी कमजोर बनाउछ जसलाइ ओष्टियोप्रोसिस भनिन्छ ।वृद्दावस्थामा भिटामिन डि र क्याल्सियमसंगै सेवन नियमित रूपमा गरेमा हाडजोर्नीको फ्याक्चर हुने संभावना १६% ले घटेको पाइएको छ । 
  • भिटामिन डि को कमिले गर्दा शरिरमा पर्ने अन्य असरहरू
    • मसल कन्ट्राक्सनको लागि क्याल्सियम आवश्यक हुन्छ/ भिटामिन डि को कमि भएमा रगतमा क्याल्सियमको मात्रा पनि घट्न जान्छ त्यसकारण मसल पावर कम हुन्छ । 
    • मुख्यतः भिटामिन डि कार्डियोभाष्कुलर रोगको प्रमुख कारण हैन । तर धेरै लामो समयसम्म भिटामिन डि को कमि भएमा यसले कार्डियोभाष्कुलर रोग गराउन सक्ने कारणहरू बढाउन सक्छ । 
    • भिटामिन डि ले विभिन्न क्यान्सर गराउन सक्ने जीन माथि नियन्त्रण गरेको हुन्छ । यदि यसको कमि भयो भने त्यस्ता जीनहरू सक्रिय हुन्छन र क्यानसर हुन संभावना बढ्छ । मुख्यतः क्लोन,स्नत र प्रोष्ट्रेड क्यान्सर हुने संभावना बढि भएको पाइएको छ । ६०००० IU डोज मासिक सेवन गर्दा भिटामिन डि ले  क्यान्सरको रोकथामको लागि मद्दत गर्दछ । 
    • मधुमेह गराउने धेरै कारणहरू छन् ति कारणहरूलाइ मद्दत गर्दै छिटो प्रिडायाविटिजबाट डायवेटिक अवस्थामा पुर्याउने एउटा मुख्य कारण भिटामिन डि को कमि हो । विभिन्न अनुसन्धानहरूले यसको पुष्टि गरेर  प्रमाणित समेत गरेका छन । एउटा अनुसन्धानले प्रिडायाविटिजबाट डायवेटिक अवस्थामा पुग्ने जोखिम १०-१३% सम्म घट्दो रैछ भनि देखाएकोछ यदि १०००IU दैनिक भिटामिन डि सेवन गरिन्छ ।
    • धेरै विवादास्पत कुरा भएपनि केही अनुसन्धानहरूले वृद्दावस्थामा भिटामिन डि को मात्रा राम्रो रहो भने  स्मरण शक्ति बलियो रहन्छ भन्ने पुष्टि गरेका छन् । 
    • कोभिड-19 विरूद्दको खोप लगाउदा भिटामिन डि को मात्रा यदि कसैमा ठिक थियो भने त्यस्ता मान्छेहरूमा यस भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाएको पनि पाइएको छ । ज-जसमा यस भिटामिनको मात्रा कम थियो उनिहरूमा कोभिड-19 ले बढि प्रभावित गरेको थियो ।
blank
blank

सुर्यको किरणमा बस्ने । यस्ता ठाँउ जहाँ सुर्यको किरण कम मात्रामा पर्छ अथवा जुन ठाँउमा जाडो बढि हुन्छ त्यस्ता ठाँउ बस्ने मान्छेहरूलाइ भिटामिन डि को औषधीको सेवन गराउनु आवश्यक हुन्छ । भिटामिन डि युक्त खानाको प्रयोग नियमित मात्रामा गर्ने ।

तपाईंले पर्याप्त भिटामिन डी प्राप्त गरिरहनुभएको छ कि छैन भनेर निर्धारण गर्ने सबैभन्दा राम्रो तरिका एक साधारण रक्त परीक्षण मार्फत हो। यहाँ नेपालगन्जमा, तपाईंले थोपा प्रयोगशाला जस्तो प्रतिष्ठित प्रयोगशालाहरूमा परीक्षण गर्न सक्नुहुन्छ। यसले तपाइँलाई तपाइँको व्यक्तिगत आवश्यकताहरू बुझ्न र तपाइँलाई आहार परिवर्तनहरू, बढी घाम एक्सपोजर (उचित सावधानीको साथ), वा सनसाइन भिटामिन पूरक चाहिन्छ कि भनेर मार्गदर्शन गर्न मद्दत गर्नेछ।

याद गर्नुहोस्, सनसाइन भिटामिन हाम्रो स्वास्थ्यको लागि एक साथी हो, तर एक साथी जस्तै, यसलाई सम्मानपूर्वक व्यवहार गर्न आवश्यक छ। सूर्य एक्सपोजर र सूर्य किरण बाट सुरक्षाको उपायहरूलाई सन्तुलनमा राखेर र तपाईंको भिटामिन डी स्तरहरू जाँच गरेर, तपाईंले अप्टीम्म स्वास्थ्यको लागि यो सनसाइन भिटामिनको सही मात्रा प्राप्त गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्न सक्नुहुन्छ।

यस्तै अरू स्वास्थ्य सम्बन्धी जानकारीको लागि हामीलाई हाम्रो फेसबुक पेजमा फलो  गर्नुहोस।

Latest Post
थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ blank

थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण

लायन्स क्लब अफ नेपालगञ्ज थोपा र लायन्स क्लब अफ नेपालगञ्ज PNLF ले थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?