थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ

थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ

blank

लायन्स क्लब अफ नेपालगञ्ज थोपालायन्स क्लब अफ नेपालगञ्ज PNLF ले थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु गरेको छ। आज शुक्रबार विहान औपचारिक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरिएको हो। नोभेम्बर महिनालाई ‘मधुमेह जनचेतना महिना’ का रूपमा मनाइँदै आएको अवसरमा यो अभियान सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन्।

blank
गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ नि:शुल्क सुगर परीक्षण अभियानमा आफ्नो सुगर परीक्षण गराउँदै

मधुमेहबाट हुने जटिलता र स्वास्थ्य क्षति न्यूनिकरणका लागि नियमित परीक्षण अत्यन्त आवश्यक हुन्छ। यही उद्देश्यका साथ सर्वसाधारणमा सचेतना फैलाउन अभियान आयोजना गरिएको हो। यस अभियानमार्फत स्थानीय जनतालाई नि:शुल्क मधुमेह परीक्षणको सुविधा उपलब्ध गराइनेछ भने मधुमेहसम्बन्धी सल्लाह तथा परामर्श पनि दिइनेछ।

blank
डा. बद्री चापागाईं, लायन्स क्लब अफ नेपालगञ्ज PNLF का पूर्व अध्यक्ष

अभियानको शुभारम्भ गर्दै, कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 N का गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठलेनियमित स्वास्थ्य परीक्षण र जीवनशैली सचेतनाको महत्वमा जोड दिए। उनले यस प्रकारको सहकार्यले समुदायमा निःशुल्क पहुँचयोग्य स्वास्थ्य सेवाको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
लायन्स क्लब अफ नेपालगञ्ज PNLF का पूर्व अध्यक्ष डा. बद्री चापागाईंले अभियानको उद्देश्यबारे जानकारी दिँदै भने कि, मंसिर १४/नोभेम्बर ३० सम्म सञ्चालन हुने यो अभियानले सर्वसाधारणमा मधुमेहबारे सचेतना फैलाउने र प्रारम्भिक जाँचलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे

blank

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 N का पूर्वगभर्नर मधुसुदन शर्मा, ट्रेजरर भिम सुवेदी, एरिया नं ४ का एरिया चिफ पुष्कर खड्का, लायन्स क्लब अफ नेपालगञ्जका प्रेसिडेन्ट डा. अवनिन्द्र कुमार मिश्र, प्रथम भाइस प्रेसिडेन्ट डा. केशर खनाल, लायन्स क्लब अफ नेपालगञ्जका अन्य सदस्यहरू यज्ञ बहादुर बस्नेत, प्रदिप ज्ञवाली लगायत उपस्थित थिए। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ थोपाका पास्ट प्रेसिडेन्ट सरोज चौधरीलेगरेका थिए।

थोपा प्रयोगशालामा कार्यरत लायन हरि बुढाको संयोजकत्वमा सञ्चालन हुने यस अभियानमा सर्वसाधारणलाई नि:शुल्क ब्लड सुगर जाँच सेवा उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन्। कार्यक्रम चारबाहिनी सडकस्थित थोपा प्रेमिसेसमा रहेको थोपा प्रयोगशालामा सञ्चालन हुनेछ। साथै, प्रयोगशालाले सर्वसाधारण नागरिकलाई प्रयोगशालाको जाँच सुविधा सजिलै पहुँचमा ल्याउन आगामी दिनमा विभिन्न आकर्षक टेस्ट प्याकेजहरूमा छुट तथा अफरहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

पछिल्लो समय मधुमेहले धेरैलाई प्रभावित पारेको छ। रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह (डायबिटिज) भनिन्छ, जसलाई सामान्यतया ‘चिनी रोग’ वा ‘सुगर’ पनि भनिन्छ। मधुमेहका कारण मुख वा घाँटी सुक्खा हुनु, दृष्टि धमिलो देखिनु, थकान लाग्नु, धेरै पिसाब लाग्नु जस्ता लक्षण देखा पर्न सक्छन्।

यस्ता लक्षणलाई सामान्य ठान्दा रोग झन् गम्भीर बन्न सक्छ। विशेषज्ञहरूले यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण र चिकित्सकको परामर्श लिन सुझाव दिएका छन्। मधुमेहको जटिलता रोकथाम गर्न समयमै उपचार गराउनु अत्यन्त आवश्यक छ। नियमित जाँच, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनले रोग नियन्त्रणमा राख्न सकिन्छ।

यो सामग्री ‘Swasthyapage’ बाट साभार लिइएको हो।

Latest Post
थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ blank

थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण

लायन्स क्लब अफ नेपालगञ्ज थोपा र लायन्स क्लब अफ नेपालगञ्ज PNLF ले थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु…

पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स Infertility in male and female

पुरुष र महिलामा बाँझोपनको सामान्य कारणहरू | मलमपट्टी क्लिनिक्स

मलमपट्टी क्लिनिक्समा, हामी बुझ्दछौं कि बाँझोपनले तपाईंको परिवार बनाउन चाहने सपनामा कति ठूलो प्रभाव पार्न सक्छ। यदि तपाईं धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?